सुनसरी ४ मा मतगणना पुन: सुरु- सञ्चारमन्त्री कार्की अगाडी - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सुनसरी ४ मा मतगणना पुन: सुरु- सञ्चारमन्त्री कार्की अगाडी



काठमाडौं- सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना मंगलबारदेखि पुन: सुरु हुने भएको छ।

प्रतिनिधि सभाका लागि कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगमा मतगणना रोक्न निवेशन दिएपछि शनिबारदेखि मतगणना रोकिएको छ।

निर्वाचन आयोगको निर्देशन अनुसार आजदेखि रोकिएको मतगणना सुरु हुने भएको छ। मन्त्री कार्कीले ६०६ मत गडबड भएको भन्दै पुन: मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए।

तर निर्वाचन आयोगले भने पुन: मतगणना गर्ने नभइ बाँकी रहेको मतगणना मात्र गर्न निर्देशन दिएको छ। शनिबारसम्म भएको मतगणनामा कार्की एमालेका जगदिशप्रसाद कुसियतभन्दा ९८ मतले अघि छन्।

उक्त क्षेत्रमा कार्की र कुसियतको तीव्र प्रतिस्पर्धा छ। शनिबारसम्म ६० हजार मतगणना भएको छ।