साम्पाङले भने- जनताले चुन्न जानेनन् भन्दिन - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

साम्पाङले भने- जनताले चुन्न जानेनन् भन्दिन



काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई हर्क साम्पाङले नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न सुझाव दिएका छन्।

सोमबार बिहान सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादीका अशोक राई र प्रदेश सभातर्फका एमालेका विजय राई र रमेश बस्नेतलाई बधाई दिँदै यस्तो बताएका हुन्।

मेयर साम्पाङले आफ्ना योजनाहरुलाई पूरा गर्न पहल गर्न आग्रह गरे। ‘बधाई छ वहाँहरुलाई ! जनताले चुन्न जानेनन् भन्दिन म चाहिँ।’ निर्वाचित सांसदको तस्बिर राख्दै मेयर साम्पाङले भने, ‘अब धरानको विकासमा पहल गर्नु। मेरा योजनाहरुलाई पूरा गर्न पहल गर्नु। जय धरान। जय नेपाल।’

सुनसरी क्षेत्र नम्बर–१ मा जसपा(एमालेको गठबन्धनबाट उम्मेदवार बनेका राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गरेका हुन्।