चुनाव हार्ने निश्चित भएपछि झलनाथले भने- पुनः मतदान गर्नुपर्छ - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

चुनाव हार्ने निश्चित भएपछि झलनाथले भने- पुनः मतदान गर्नुपर्छ



काठमाडौं – चुनाव हार्ने निश्चित भएपछी नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पुनः मतदानको माग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले खनालले पुनः मतदान गर्नुपर्ने बताएका हुन् ।

मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने उनको दावी छ । पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका हुन् ।

यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो ।