समानुपातिकमा एकीकृत समाजवादीले दुई पार्टीलाई उछिन्यो
प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुवातदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार बिहान ११ बजेसम्म एमालेले १८ लाख ३९ हजार ५४ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ७६ हजार १ सय ४८ मत पाएको छ । कांग्रेस एमालेबीच झण्डै ६३ हजारको मतान्तर छ ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९२ हजार ७ सय १४ पाएकाे छ ।चौथो स्थानमा नेकपा माओवादी केन्द्रले ७ लाख ७८ हजार ७ सय ६९ मत प्राप्त गरेको छ ।
पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी ४ लाख ६ हजार १ सय १८, छैठौँ स्थानमा जनता समाजवादी पार्टीले २ लाख १७ हजार ९ सय ५ र सातौँ स्थानमा नेकपा (एकीकृत समाजवादी)ले १ लाख ६७ हजार ६ सय ९१ मत पाएको छ । समाजवादी यसअघि जनमत पार्टीभन्दा पछाडी थियो ।
नागरिक उन्मुक्ति पार्टीले १ लाख ५९ हजार ७ सय ५१ तथा जनमत पार्टीले १ लाख ४९ हजार ५ सय ५९ मत पाएको छ । मतगणना जारी छ ।