भानुभक्त ढकाल दोब्बर मतले पराजित - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

भानुभक्त ढकाल दोब्बर मतले पराजित



काठमाडौं- एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकाललाई करिब दोब्बर बढी मतले पराजित भएका छन् ।

मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका डा.सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी भएका छन्।

पूर्वमन्त्री भानुभक्त ढकाललाई करिब दोब्बर बढी मतले पराजित गरी शर्मा पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

शर्माले ४८ हजार ६३१ मत प्राप्त गरे। ढकालले २५ हजार ८९५ मत प्राप्त गरे।। यसअघि २०७४ मा शर्मा ढकालसँग एक हजार ९०७ मतान्तरले पराजित भएका थिए।