हर्क साम्पाङको चेतावनी- मलाई सहयोग नगर्ने सांसद धरान फर्केर नआउनु - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

हर्क साम्पाङको चेतावनी- मलाई सहयोग नगर्ने सांसद धरान फर्केर नआउनु



काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जो जिते पनि कोसीको पानी धरानमा ल्याउने योजनामा सहयोग गर्नुपर्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालबाट उनले आफ्नो योजनामा सहयोगको भूमिका खेल्नुपर्ने बताएका हुन्। उनले सहयोग नगरे धरानमा नआउन पनि आग्रह गरे।

‘जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नुपर्छ, अन्यथा उहाँ धरान नआए पनि हुन्छ,’उनले लेखेका छन्।

उनकाे कुरालाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि सहमति जनाएका छन्।

सप्तकोशी नदीको पानी धरान पुर्‍याएर धरान शहरको जनतालाई खुवाउने उनको लक्ष्य छ। यसको अध्ययन कार्य सुरु भएको छ।