मेयरमा पराजित भएका सिंह दुई गठबन्धनका भेट्रान नेतालाई हराएर बने सांसद - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मेयरमा पराजित भएका सिंह दुई गठबन्धनका भेट्रान नेतालाई हराएर बने सांसद



काठमाडौं– गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मेयरमा पराजित भएका दीपक सिंहले दुई गठबन्धनका भेट्रान नेताहरूलाई पराजित गर्दै जित निकालेका छन्।

मेयरको उम्मेदवार हुँदा उनले २० हजार ५३१ मतसहित तेस्रो भएका थिए। तर प्रतिनिधिसभामा भिडेका उनले एमाले-राप्रपा नेपाल र सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै चुनाव जिते।

राप्रपाका दीपक सिंह स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामासँग पराजित भएका थिए। प्रतिनिधि सभामा अन्तिम मत परिणामअनुसार सिंहले २७ हजार ८१६ मत पाएका छन्।

निकटतम प्रतिद्वन्द्वी डीना उपाध्याय महालक्ष्मीले २५ हजार ४३४ मत पाउँदा कमल थापाले २५ हजार ४२० मत पाएका छन्। यो सिंहको पहिलो जित हो। यसअघि २०५४ सालमा मेयर उठेका उनी एमालेका डोरमणि पौडेलसँग पराजित भएका थिए।

२०५६ को प्रतिनिधिसभा निर्वाचनमा विरोध खतिवडा र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेकै अनन्तप्रसाद पौडेलसँग उनी पराजति भएका थिए।