निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक भयो- झाँक्री - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक भयो- झाँक्री



काठमाडौं– प्रतिनिधि सभाको निर्वाचनमा गुल्मी २ बाट पूर्व सहकर्मी नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजय भोगेकी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले चुनावी प्रतिस्पर्धाबाट विश्वविद्यालयमा पढे भन्दा धेरै ज्ञान पाएको बताएकी छन्।

एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले विष्टलाई दिँदै चुनावी प्रतिस्पर्धाका क्रममा कुनै प्रशिद्ध विश्वविद्यालयमा पढेको भन्दा धेरै ज्ञान हासिल गरेको उल्लेख गरेकी छिन्।

उनले भनेकी छिन्, ‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसाबले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी।’

उनले समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएको उल्लेख गरेकी छिन्।

उनले थपेकी छिन्, ‘यो दुई दशकमा समाजलाई जसरी अराजनीतिक (गलत प्रयोग गरिएको) रहेछ नि, त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ। डरलाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन्। मैले अत्यन्तै सहज रूपमा लिएको छु।’

एमालेका विष्ट २८ हजार ४७६ मतसहित विजयी हुँदा झाँक्री भने २६ हजार ४४२ मा सीमित रहिन्।