१६५ मध्ये २२ निर्वाचन क्षेत्रको छिनोफानो- कहाँ कसले जित्यो ? (विवरण सहित) - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

१६५ मध्ये २२ निर्वाचन क्षेत्रको छिनोफानो- कहाँ कसले जित्यो ? (विवरण सहित)



काठमाडौं– प्रतिनिधिसभाका १६५ मध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३, नेकपा एकीकृत समाजवादी पार्टी १, राप्रपा १ र नागरिक उमुक्ति पार्टी १ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

कांग्रेसतर्फ डडेल्धुरा क्षेत्र–१ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं क्षेत्र–५ बाट प्रदीप पौडेल, मुस्ताङ क्षेत्र–१ बाट योगेश गौचन थकाली, रसुवा क्षेत्र–१ बाट मोहन आचार्य, मनाङ क्षेत्र–१ बाट टेकबहादुर गुरुङ, काठमाडौं क्षेत्र–१० बाट राजेन्द्रबहादुर केसी, ललितपुर क्षेत्र–१ बाट उदयशमशेर जबरा, सुर्खेत क्षेत्र–२ बाट हृदयराम थानी, काठमाडौं क्षेत्र–३ बाट सन्तोष चालिसे, तनहुँ क्षेत्र–२ बाट शंकर भण्डारी, पर्सा क्षेत्र–४ बाट रमेश रिजाल, काठमाडौं क्षेत्र–१ बाट प्रकाशमान सिंह, काठमाडौं क्षेत्र–४ बाट गगनकुमार थापा विजयी भएका छन्।

एमालेतर्फ काठमाडौं क्षेत्र–९ बाट कृष्णगोपाल श्रेष्ठ, उदयपुर क्षेत्र–२ बाट अम्बरबहादुर रायमाझी, ललितपुर क्षेत्र–२ बाट प्रेमबहादुर महर्जन विजयी भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौं क्षेत्र–२ मा सोविता गौतम, काठमाडौं क्षेत्र–७ मा गणेश पराजुली र काठमाडौं क्षेत्र–८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन्।

एकीकृत समाजवादीतर्फ अछाम क्षेत्र–१ बाट शेरबहादुर कुँवर विजयी भएका छन्। राप्रपातर्फ बाँके क्षेत्र–२ बाट धबलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र–३ बाट गंगाराम चौधरी विजयी भएका छन्।