नारायणकाजीको तर्क– आँधीबेहरीले सधै ध्वंश मात्र गर्दैनन्, सफा पनि गर्छन् - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

नारायणकाजीको तर्क– आँधीबेहरीले सधै ध्वंश मात्र गर्दैनन्, सफा पनि गर्छन्



काठमाडौं– निर्वाचनमा माओवादी केन्द्रको अवस्था नाजुक भएपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)ले अहिलेको चुनावी परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको मतगणनामा देशभरका विभिन्न ठाउँको परिणाम सार्वजनिक भइरहँदा माओवादीको कमजोर उपस्थिति देखिँदा श्रेष्ठले सामाजिक सञ्जालमा सन्देश लेख्दै चुनावी परिणामको समग्र रुपमा समीक्षा गर्नुपर्ने बताएका हुन्।

बुद्धको शिक्षालाई उद्धृत गर्दै श्रेष्ठले आँधि बेहरीहरु जीवनमा सधैं ध्वंश गर्न मात्र आउने नभइ, बाटो सफा गर्न पनि आउने टिप्पणी गरेका छन्। अहिलेको चुनावी परिणामले माओवादीको बाटो सफा गरेको रुपमा बुझ्नुपर्ने उनको आशय छ।

श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्– निर्वाचन परिणाम आइरहेका छन्। यसले निश्चित सन्देशहरु दिएको छ। यसबारेमा समग्र बिश्लेषण,संश्लेषण गर्नै पर्छ। त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन। निष्कर्ष सहज बोधगम्य नै छ। तर अहिले यति मात्र : बुद्ध शिक्षाको महत्वपूर्ण निम्न अंशलाई मनन गरौं।

‘सबै आँधीबेरीहरु तपाईंको जीवन ध्वंश गर्न मात्र आउँदैनन् , कुनै तपाईंको बाटो सफा गर्न पनि आउँछन्।’