उपेन्द्र यादवको हरिबिजोग - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

उपेन्द्र यादवको हरिबिजोग



काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव ६ हजार बढी मतले पछाडि परेका छन्।

सप्तरी–२ बाट चुनाव लडेका यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले ६ हजार २०५ मतले पछाडि पारेका हुन्।

मतगणनाको पछिल्लो परिणामअनुसार राउतले १२ हजार २२५ मत पाउँदा यादवले ६ हजार २० मत पाएका छन्।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरको २ हजार ३४४ मत छ।

त्यो क्षेत्रमा ६४ हजार हाराहारीमा मत खसेको थियो।

२०७४ सालको निर्वाचनमा त्यो क्षेत्रबाट निर्वाचित भएका जसपा अध्यक्ष यादव दोस्रोपटक चुनाव लडेका छन् भने जनमत पार्टीका अध्यक्ष राउत पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन्।