चितवन २ मा फेरि पछाडी परे रवी लामिछाने
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल अग्रता कायम राखेका छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भन्दा ५ सय ४ मतले अघि छन् ।
पोखरले ३ हजार ४५ मतका साथ अग्र स्थानमा रहँदा लामिछानेले २ हजार ५ सय ४१ मतका साथ पछ्याइरहेका छन् ।
कांग्रेसका उमेश श्रेष्ठले २ हजार ४ सय ४७ मत पाएका छन् ।
यस क्षेत्रमा रवी र पोखरेलबीच उछिनपाछिन चलिरहेको छ ।