काठमाडौं ७- प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टी धेरै अगाडी - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

काठमाडौं ७- प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टी धेरै अगाडी



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीले अग्रता लिएको छ ।

बिहान ९ बजेसम्मको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २२२ मतका साथ अग्रता लिँदा एमाले ८४ मतसहित दोस्रोमा छ ।

त्यस्तै राप्रपाले ७८ मत पाएर तेस्रो स्थानमा रहँदा नेकपा एसले ७१ मत पाएको छ भने कांग्रेस ५३ मतसहित पाँचौ स्थानमा छ ।

सो क्षेत्रमा लौरोले ५१ मत पाएको छ भने नेमकिपाको मादलले ४० मत पाएको छ ।

माओवादी केन्द्रले २७ मत पाउँदा जसपाको २५ मत आएको छ । यो ७०९ मत गन्दाको परिणाम हो ।