पुनः मतदान गर्नुपर्ने माग गर्दै कांग्रेस र माओवादीले दिए उजुरी - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

पुनः मतदान गर्नुपर्ने माग गर्दै कांग्रेस र माओवादीले दिए उजुरी



पर्वत : कास्कीको रूपा गाउँपालिका–७ स्थित इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुनः मतदानको माग भएको छ।

सवारी चालक अनुमति पत्र, लालपुर्जाको प्रमाण, नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका आधारमा मतदान गर्न नदिएर जनतालाई मतदानबाट वञ्चित गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएका हुन्।

कागजातको विषयमा छलफल गर्न खोजिएको भए पनि मतदान अधिकृत बन्धुराज रेग्मी र मदनबहादुर केसीले छलफलका समय उपलब्ध नगराई जनताकोअधिकार कुण्ठित गर्न खोजेको आरोप उनीहरूले लगाएका छन्।

नेपाली कांग्रेसका वडा सभापति अर्जुनकुमार श्रेष्ठ र माओवादी केन्द्र वडा कमिटी अध्यक्ष माधव पौडेलद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘सवारी चालक अनुमति पत्र, जग्गाधनी लालपुर्जा र नागरिकता प्रमाण पत्रको प्रतिलिपिका आधारमा यो निर्वाचन केन्द्रका मतदान अधिकृत बन्धुराज रेग्मी र मदनबहादुर केसीसँग मतदानका विषयमा आवश्यक छलफलका नगरी पार्टी प्रतिनिधिलाई बेवास्ता गरी जनताको मतदान गर्न पाउने अधिकार लाई कुण्ठित गर्न खोजेको छ।’