कर्मचारीको गल्तीले पाल्पाको एक मतदान केन्द्रमा मतदान रद्ध - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

कर्मचारीको गल्तीले पाल्पाको एक मतदान केन्द्रमा मतदान रद्ध



पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा यसअघिको सबै मत रद्ध गरिएको छ।

समानुपातिक तर्फको मतपत्र प्रदेश र प्रतिनिधि सभामा सटपट भएपछि मतदान प्रभावित भएको थियो। निर्वाचनमा खटिएका कर्मचारीको गल्तीले अन्य ठाउँमा पनि यस्तो समस्या देखिएको छ।

बिहान खसेको ६८ मत रद्ध गर्ने सहमतीपछि पुनः मतदान सुचारु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ। यसअघि मतदान गरेका ६८ जनाले पनि पुनः मतदान गर्न पाउने सहमती भएको छ।

साटफेर भएपछि विवाद भएको थियो। सर्वदलीय बैठक बसेर यस्तो सहमती गरेका हुन्।