मेरो उम्मेदवारी खारेज गरेपनि केही फरक पर्दैन : रवी लामिछाने - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मेरो उम्मेदवारी खारेज गरेपनि केही फरक पर्दैन : रवी लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन-२ का उम्मेदवार रवि लामिछानेले आफ्नो उम्मेदवारी खारेज भए पनि केही फरक नपर्ने बताएका छन् ।

‘मेरो उम्मेदवारी खारेज गरुन् केही छैन,’ उनले भने, ‘म चुनावमा नउठ्दा पनि तपाईंहरुको घरघरमा गएर सेवा गरेको मान्छे हुँ । अब पनि त्यसरी नै सेवा गर्छु । जनताको सेवा गर्ने मेरो इच्छालाई कसैले रोक्न सक्दैन ।’

बुधबार साँझ कावासोतीमा आयोजित चुनावीसभामा बोल्दै उनले भने, ‘सांसद भएँ भने नीति निर्माण तहमा रहेर काम गर्ने धोको हो, मलाई जनताको सेवा गर्नबाट रोक्ने ताकत कसैमा छैन ।’

भ्रष्टाचार जरैदेखि उखेल्न आफू राजनीतिमार्फत समाजसेवामा आएको उनले सुनाए । चुनावपछि आफ्नो पार्टीका उम्मेदवारले घरघरमा गएर जनताको सेवा नगरे आफूले सांसदबाट फिर्ता बोलाउन सक्ने विधान पार्टीले लागू गरेको उनले बताए ।

३० वर्षसम्म सत्ताको बागडोर सम्हालेका नेताहरुले देश लुट्ने र जनतालाई ढाँट्ने कामबाहेक केही नगरेको उनले दाबी गरे ।

‘पटक-पटक संसद्‌मा गएकाहरुले के गरे ?,’ उनले प्रश्न गरे, ‘त्यही सम्झेर यो पटक घण्टीमा भोट हाल्नुस् ।’