मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनका लागि दुई दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई सार्वजनिक बिदा दिइएकाे जनाएको छ।

यद्यपि, मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरूमा भने मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय भएको सूचनामा जनाइएको छ।