निर्वाचनका लागि लगातार चार दिन सार्वजनिक बिदा प्रस्ताव - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

निर्वाचनका लागि लगातार चार दिन सार्वजनिक बिदा प्रस्ताव



काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आयोगले मंसिर २, ४ र ५ गते सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई बिदा दिन प्रस्ताव गरेको छ ।

आयोगले तीन दिन विदा दिनका लागि निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो।

आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबारसमेत गरी लगातार चार दिन बिदा हुनेछ। अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको हो।