क्यासिनो माजोङले पायो सर्वोत्कृष्ट अवार्ड - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

क्यासिनो माजोङले पायो सर्वोत्कृष्ट अवार्ड



सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङले दक्षिण एसिया के सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ ।

ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेवापत प्रदान गरिदै आएको भारतको सर्वोच्च पुरस्कार सत्रौँ आतिथ्य भारत वार्षिक अन्तराष्ट्रिय यात्रा अवार्ड २०२२ को लागि क्यासिनो सेक्टरतर्फ “दक्षिण एशियाको सर्वश्रेष्ठ क्यासिनो” सेगमेन्टमा क्यासिनो माजोङ, नेपाल उक्त पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

यही नोभेम्वर ११ मा मा नयाँ दिल्लीमा क्यासिनो माजोङलाई अवार्ड प्रदान गरिएको थियो ।

साथै दक्षिण एसियन क्षेत्रका क्यासिनोहरुको महाप्रबन्धक मध्येबाट “वेस्ट क्यासिनो जेनेरल म्यानेजर अफ साउथ एसिया २०२२ अवार्डबाट क्यासिनो माजोङका महाप्रबन्धक अमुल्य बिक्रम राणा सम्मानित भएका छन् ।

उत्तराखण्डका मुख्यमंत्री पुस्कर सिंह धामी, पर्यटन तथा रक्षा राज्यमन्त्री अजय भाटको प्रमुख आतिथ्यमा भारतको नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट क्यासिनो माजोङका महाप्रबन्धक राणालाई उक्त सम्मान प्रदान गरिएको हो ।

पर्यटन तथा जातिथ्य उद्योग मध्ये सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त सम्मान प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी वृत्तचित्र प्रस्तुत गरेको थियो ।

वि.सं. २०६९ पुस १२ मा क्यासिनो माजोङ सोल्टी होटलको परिसरमा संचालनमा आएको हो ।

क्यासिनो माजोङमा करार र दैनिक ज्यालादारी समेत गरी हाल ६ सय भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी र हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटन आगमनमा क्यासिनोको योगदान २० प्रतिशत भन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउन समेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडी हवाईमार्गबाट आउने हुँदा यसको योगदान होटल व्यवसायतर्फमात्र नभई वायुसेवा व्यवसाय तर्फ पनि उत्तिकै रहेको छ ।