राजनिति गर्न निर्वाचनमा उमेद्वारी दिने पत्रकारले पत्रकारिता पेसा छोड्नु पर्ने महासंघको निर्णय - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

राजनिति गर्न निर्वाचनमा उमेद्वारी दिने पत्रकारले पत्रकारिता पेसा छोड्नु पर्ने महासंघको निर्णय



काठमाडौं, २९ जेठ

 

नेपाल पत्रकार महासंघले स्थानिय निर्वाचनमा उमेद्वार भएका पत्रकारहरु पत्रकारिता पेसाबाट अलग रहने निणर्य गरेको छ । राजनिति र पत्रकारितालाई संगै लैजाँदा स्वार्थ बाझिने भन्दै महासंघले उमेद्वारी दिएका पत्रकारहरु महासंघमा नरहेने गरि सो निर्णय गरेको हो ।

 

आईतबार एक प्रेश बिज्ञप्ती जारी गर्दै महासंघले उमेद्वारी दिने पत्रकारहरुलाई नैतिक रुपमा महासंघको सदस्यता तथा पत्रकारितावाट अलग रहेको आफु स्यंमले नै घोषणा गर्न पनि अनुरोध गरेको छ । बिज्ञप्तीमा उल्लेख भए अनुसार यस बिषयमा महासंघले गरेका निणर्यहरु:

१)  नेपाल पत्रकार महासंघका कुनै पनि तह ९केन्द्र, प्रदेश, जिल्ला० कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार हुने भएमा महासंघको विधानको अक्षर र भावना बमोजिम उम्मेदवार हुनु अघि महासंघको कार्य समितिबाट राजीनामा गर्नुहुन आग्रह छ । राजीनामा नगरी उम्मेदवार भएमा कार्य समितिको पद स्वतः रिक्त भएको मानिने छ ।

२)  महासंघ कार्य समितिमा रहेका बाहेक अन्य पद वा साधारण सदस्य रहिरहेका व्यक्तिका हकमा राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नौतिक रुपमा महासंघको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयं घोषणा गर्न महासंघ आव्हान गर्दछ । यस सन्दर्भमा नीतिगत छलफल आगामी महाधिवेशनमा समेत हुने केन्द्रीय समितिको विश्वास छ ।