ओलीलाई भोट माग्दै ज्योती मगरले भनिन्- ओलीले आफ्ना छोराछोरीलाई कुनै पदमा राखेका छैनन् - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

ओलीलाई भोट माग्दै ज्योती मगरले भनिन्- ओलीले आफ्ना छोराछोरीलाई कुनै पदमा राखेका छैनन्



विवाद र चर्चामा आइरहने गायिका ज्योति मगर अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जिताउने अभियान लिएर हिंडेकी छन् । तर जसका लागि उनले भोट मागेकी छन् उनको बारे भने ज्योतीलाई थाहै रहेनछ ।

ओलीको गुणगान गाउँदै भोट माग्न हिँडेकी ज्योतीले ओलीले आफ्ना छोराछोरीलाई पदमा नराखेको बताउने गरेकी छन् । नातावाद र कृपावादमा ओली नलागेको भन्दै उनले उनले गठबन्धनको विरोधसमेत गरेकी छन्।

गठबन्धनले आफ्नै छोराछोरीलाई अवसर दिएको तर ओलीका छोराछोरीले कुनै अवसर नलिएको ज्योतीको तर्क छ । केपी ओलीका त छोराछोरी नै छैनन् भन्ने उनले हेका राखिनन् । गठबन्धनबारे ज्योतिले भनेकी छन्, ‘गठबन्धन कुर्सी र पावरका लागि खेलिएको खेल हो। तर ओलीका छोराछोरीले कुनै अवसर लिएका छैनन् ।’

उनले ओलीलाई भोट माग्दै हिँडेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। उनले अहिलेसम्म आफूले कुनै पार्टीका लागि भोट नमागेको भन्दै केपी ओली साँच्चिकै विकासप्रेमी नेता भएकाले भोट मागेको बताएकी छन्।

उनले केपी ओलीका पक्षमा किन भन्ने प्रश्नमा मगरले आफू सोझो मान्छे भएको बताउँदै कल्ले कुर्सीका लागि मात्रै लडिरहेको छ र कसले साँच्चिकै विकास चाहिरहेको छ भन्ने कुरा कहीँ न कहीँ थाहा हुने बताएकी छन्। राजनीति नबुझे पनि बाहिरै बसेर यत्ति कुरा बुझ्न सकिने उनको तर्क छ।

उनले भनेकी छन्, ‘केपी ओलीज्यूले जति गर्नुभएको छ, उहाँको तुलनामा अरु नेताहरुले गर्नुभएको छैन। यो कुरा सोझो आँखाले पनि देखिन्छ जस्तो लाग्छ।’केपी ओलीले जति देशका लागि अरु नेताले नगरेको ज्योतिले दाबी नै गरिदिएका छन्।