लेखराजलाई भीम रावलको झटारो- यीनले एमालेमा के योगदान गरेका छन्? - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

लेखराजलाई भीम रावलको झटारो- यीनले एमालेमा के योगदान गरेका छन्?



नेकपा एमालेका नेता भीम रावलले पूर्व माओवादी तथा हाल एमालेका नेता लेखराज भट्टलाई प्रश्न गरेका छन्। रावलले सामाजिक सञ्जालमा लेख्दै एमालेको सिद्धान्त र दर्शनबारे पनि प्रश्न गरेका छन् ।

भट्टले एक टेलिभिजनमा दिएको अन्तर्वार्तालाई इंगित गर्दै रावलले उनलाई प्रश्न गरेका हुन् । रावलले यिनको एमालेमा के योगदान छ ? भन्दै प्रश्न गरेका छन् । रावलले भनेका छन्, ‘सर्वसम्मत एकल सिफारिश उम्मेदवार म वाहेक अरू कसैको उम्म्मेदवारी किन रोकिएन?’

यस्तै रावल किन सिद्धान्तमा टेकेर एमाले विरोधी राप्रपाका समूह, जसपा, होलि वाइन र हृदयशलाई २४ स्थान दिएको भन्दै अर्को प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘एमाले विरोधी राप्रपाका समूह,जसपा,होलि वाइन र हृदयशलाई २४ स्थान दिनु के एमालेको घोषित सिद्धान्त र कम्युनिष्ट दर्शन अनुरूप हो?’

उनले भनेका छन्, ‘लेखराजजीको अन्तरवार्ताबारे थप प्रश्नः सर्वसम्मत एकल सिफारिश उम्मेदवार म वाहेक अरू कसैको उम्म्मेदवारी किन रोकिएन?एमाले विरोधी राप्रपाका समूह,जसपा,होलि वाइन र हृदयशलाई २४ स्थान दिनु के एमालेको घोषित सिद्धान्त र कम्युनिष्ट दर्शन अनुरूप हो? यिनले एमालेका लागि के योगदान गरेका छन्?’