उम्मेदवार थापाको निधन- चुनाव नसर्ने, यस्तो छ आयोगको तयारी
काठमाडौं – नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको मोरङ-३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ मा मंसिर ४ मै निर्वाचन हुने भएको छ ।
उम्मेदवार थापाको निधनपछि आयोगले नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै मंसिर ४ मै निर्वाचन गर्ने तयारी गरेको हो ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार आयोगले आजबाटै निर्वाचन मनोनयन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । उक्त क्षेत्रमा अब कांग्रेसले मात्रै उम्मेदवारी दिन पाउने उनले बताए । ‘मोरङ ३ (१)मा मंसिर ४ मै निर्वाचन हुन्छ । आयोगले निर्णय गरेर नयाँ कार्यक्रम पठाउँछ,’ उनले भने, ‘कार्यतालिका छोटो हुन्छ । सम्बन्धित दलले मात्रै उम्मेदवारी दिन पाउँछ । सबै प्रक्रिया अपनाइन्छ ।’
थापाको आजै काठमाडौँमा निधन भउको थियो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो ।
डेंगु र निमोनिया संक्रमणपछि काठमाडौंको ह्याम्स अस्पतालमा दुई साता आइसीयूमा राखेर उपचार गरेर विराटनगरको नोवेल मेडिकल कलेजमा ल्याइएका थापाको बुधबार बिहान करिब साढे १० बजे उपचारकै क्रममा निधन भएको हो ।
लामो समयदेखि निमोनियाको समेत संक्रमण भएर पटक पटक उपचार गराइरहेका थापालाई मनोनयन दर्ता गर्नुअघि नै डेंगु संक्रमण भएको थियो । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट मोरङ ३ (२) मा प्रदेशसभाको उम्मेदवार बनेका थापाका श्रीमती र एक छोरा छन् ।