प्रधानमन्त्री कार्यालयबाट कागजात मगाएर अख्तियारले थाल्यो अनुसन्धान - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

प्रधानमन्त्री कार्यालयबाट कागजात मगाएर अख्तियारले थाल्यो अनुसन्धान



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएर अनुसन्धान थालेको छ ।

अख्तियारले निर्वाचन प्रचारप्रसारको क्रममा राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको हो । निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको बताइएको छ ।

निर्वाचन आयोगबाटै पत्र आएपछि त्यसलाई सूचना मानेर थप कागजात मगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरु नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए । नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो ।

अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाइएको छ । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरिएको बताएका थिए ।

अख्तियारले संघीय तह बाहेक सबै प्रदेशमा सरकारीस्तरबाट निर्वाचनका दौरान हुने खर्च र राज्यको स्रोतसाधनको प्रयोगवारे समेत निगरानी थालेको दाबी गरेको छ ।

राज्यकोषको दुरुपयोगको विषयमा भने निजामती वा सम्बन्धित निकायका कर्मचारीमात्रै छानबिनका दायरामा पर्छन ।

निर्वाचन वा मनोनयनबाट नियुक्त संघीय तथा प्रदेश तहका जनप्रतिनिधीलाई सरकारी रकम खर्च गर्ने अधिकार हुदैन ।