प्रचण्ड चढेको हेलिकोप्टर खंलगामा आकस्मिक अवतरण - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

प्रचण्ड चढेको हेलिकोप्टर खंलगामा आकस्मिक अवतरण



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ।

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलंगामा अवतरण गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ।

गोरखाको चुनावी कार्यक्रम सकेर प्रचण्ड कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन्।