सीता दाहालको अवस्था जटिल, भेन्टिलेटरमा सारियो - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सीता दाहालको अवस्था जटिल, भेन्टिलेटरमा सारियो



काठमाडौं- स्वास्थ्यमा फेरि समस्या आएपछि अस्पताल भर्ना भएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था अत्यन्त जटिल बनेको छ ।

पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी उनलाई अहिले भेन्टिलेटरमा सारिएको छ । त्यहाँ राखेर उपचार भइरहेको बताइएको छ।

सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् ।

यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएको थियो ।