पाकिस्तानी सञ्चार माध्यममा इमरान खानको समाचारमा देखाउन प्रतिबन्ध - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

पाकिस्तानी सञ्चार माध्यममा इमरान खानको समाचारमा देखाउन प्रतिबन्ध



पाकिस्तानी सरकारले टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको समाचार तथा भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले देशका सबै टिभी च्यानलमा खानको समाचारमा प्रतिबन्ध लगाएको हो।

उनले गर्न लागेको भनिएको ‘प्रेस कन्फ्रेन्स’ पनि प्रसारण नगर्न पेमराले सूचना जारी गरेको छ। अवज्ञा गर्ने टिभी च्यानलको लाइसेन्स सोझै खारेज हुने चेतावनी पनि दिइएको छ। पेमराले खानले कानूनविपरीतका अभिव्यक्ति दिएकाले यो निर्णय लिएको जनाएको छ।

यसैबीच प्रधानमन्त्री शहबाज सरिफले प्रधानन्यायाधीशलाई गत बिहीबार ‘लङ मार्च’मा खानमाथि भएको आक्रमणको छानबिन गर्न पूर्ण अदालत आयोग गठन गर्न निर्देशन दिएका छन्। पाकिस्तान तहरीक–ए–इन्साफले प्रधानमन्त्रीसहित गृहमन्त्री र मेजर जनरल लङ मार्चको घटनाको जिम्मेवार रहेको आरोप लगाएको छ।

प्रधानमन्त्री शरीफले पीटीआईले लगाएको आरोपकोथोरै पनि प्रमाण फेला परेमा आफूले सदाका लागि राजनीति छोड्ने बताएका छन्।