मेयर बालेन्द्र शाहमाथि निर्वाचन आयोगले किन लियो "एक्सन" - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मेयर बालेन्द्र शाहमाथि निर्वाचन आयोगले किन लियो “एक्सन”



काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहलाई स्पष्टीकरण सोधेको छ ।

हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको भनी गरेको प्रचार प्रसारबारे स्पष्टीकरण सोधेको हो ।

आयोगले हाम्रो नेपाली पार्टीसँग कुनै आवद्धता नै भएको जस्तो गरी तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा ध्यानाकर्षणसहित पत्र पठाएको हो ।

मेयर बालेनलाई पठाएको स्पष्टीकरण पत्रमा आयोगले भनेको छ, ‘हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’

आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्वीर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको हो ।