इमरान खानले गरे राष्ट्रलाई सम्बोधन- मलाई मार्ने षड्यन्त्र थियो, चार गोली लागेको छ
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूलाई मार्ने षड्यन्त्र गरिएको दाबी गरेका छन् ।
बिहीबार गोली प्रहारबाट घाइते भएका खानले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफूलाई मार्ने योजना बनाइकोबारे पहिले नै थाहा भएको समेत बताएका छन् ।
सम्बोधनका क्रममा उनले आफूलाई बाहिर नजान सल्लाह दिइएको पनि दाबी गरेका छन् ।
साथै उनले आफूलाई चारवटा गोली लागेको पनि बताएका छन् । प्रत्येक खुट्टामा दुई–दुई गोली लागेको उनको भनाइ छ ।
“प्रत्येक खुट्टामा दुई–दुईवटा गोली लागेको छ । हामीले चारवटा गोली निकाल्यौँ । कुनै गम्भीर चोट लागेको छैन,” खानको उपचारमा संलग्न चिकित्सकले भनेका छन् ।
खानले आफू निको भएपछि फेरि सडकमा आउने बताएका छन् ।