मोरङ-६ : शेखरलाई थप सहज, बहुजन पार्टीका उम्मेदवारले गरे समर्थन
काठमाडौँ – मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा उम्मेदवार नारायण पासवानले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
उनले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
बहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवानले आफ्नो उम्मेदवारी फिर्ता लिँदै कोइरालालाई जिताउन आह्वान समेत गरेका छन् ।