संविधानको रक्षा गर्न एमालेलाई जिताउनु पर्छ- विष्णु पौडेल - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

संविधानको रक्षा गर्न एमालेलाई जिताउनु पर्छ- विष्णु पौडेल



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन्।

शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको सुरुवात गर्दै उनले विशासको मार्गमा देशलाई अघि बढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताए।

उनले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताए।

उनले नेकपा एमालेले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितालाई ध्यान दिई निश्चित संख्यामा घरदैलो अभियानमा सहभागी बनेको बताए।

उनले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकार नेकपा एमालेको बनेपछि पनि गरेका प्रतिबद्धता पूरा गर्ने बताए।

उपाध्यक्ष पौडेलले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई भारी मतले विजय गराउन पनि मतदातासमक्ष आग्रह गरे।