डिजिटल मुद्रा नेपालमै माइनिङ गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

डिजिटल मुद्रा नेपालमै माइनिङ गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र २४ शीर्षकमा समावेश छ । पार्टीले ‘वाचापत्र’ नाम दिएको आसन्न निर्वाचनलक्षित घोषणापत्रमा अन्तर्राष्ट्रिय मापदण्डको शिशु शिक्षालयदेखि डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिने विषय समेटिएको छ ।

बिहीबार पार्टी सभापति रवि लामिछानले सार्वजनिक गरेको घोषणापत्रमा सबै उमेर समूहलाई सक्रिय राख्न प्रत्येक वडामा खेलमैदान पार्कजस्ता केन्द्रहरू बनाइने उल्लेख छ ।

यस्तो छ रवि लामिछानेको पार्टीको घोषणापत्र (पूर्णपाठ)
यस्तै, वार्षिक पाँच लाख टन उत्पादन क्षमताको रासायनिक मल कारखाना स्थापना गरिने, सबै सार्वजनिक कम्पनीहरूको कार्यसमितिमा कम्तीमा ३३ प्रतिशत महिला र अन्य अनिवार्य हुनुपर्ने व्यवस्था गर्ने वाचा गरिएको छ ।

आरक्षण पुनर्संरचना, एक अर्बको समावेशी तथा समन्याय कोषको स्थापना, विद्युतीय सवारीमा शून्य कर, गरिबीको रेखामुनि रहेका व्यक्ति तथा परिवारलाई रासन कार्डको व्यवस्था गर्नेलगायत वाचा सो पार्टीले गरेको छ ।

वाचापत्रमा मतदाताले मताधिकार प्रयोग गर्दै ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ व्यवस्था अनिवार्य लागु गरिने उल्लेख छ ।