विराट कोहलीले बनाए अनौठो कीर्तिमान - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

विराट कोहलीले बनाए अनौठो कीर्तिमान



काठमाडौ- भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट काेहलीले टी–२० विश्व कपमा अनौठो कीर्तिमान बनाएका छन् ।

अस्ट्रेलियामा भइरहेकाे टी–२० विश्व कपमा बङ्गलादेशसँगकाे खेलमा काेहलीले यस्तो कीर्तिमान बनाएका हुन् ।

यससँगै विराट काेहली अब टी–२० विश्व कपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।

काेहलीले श्रीलङ्काका पूर्वकप्तान महेला जयवर्धनेलाई पछाडि छाेडेका हुन् ।

जयवर्धनेले टी–२० विश्व कपमा ३१ खेल खेल्दै एक हजार १६ रन बनाएका थिए । काेहलीले उनलाई पछाडि पारेका हुन् ।

काेहलीले याे उपलब्धि मात्र २५ खेलमा हासिल गरेका हुन् ।

टी–२० विश्व कपमा धेरै रन बनाउनेमा भारतका कप्तान राेहित शर्मा चाैथाे स्थानमा छन् ।

धेरै रन बनाउनेकाे शीर्ष पाँचमा काेहली र जयवर्धनेसँगै क्रिस गेल, राेहित शर्मा र तिलकरत्न दिलशान छन् ।