चुनावको मुखैमा गोकुल बास्कोटालाई झट्का - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

चुनावको मुखैमा गोकुल बास्कोटालाई झट्का



काभ्रे । चुनावको मुखमा एमाले नेता गोकुल बास्कोटालाई तनाव थपिएको छ । एमाले नेताहरु माओवादी केन्द्र प्रवेश गरेपछि चुनावी माहोल नै फेरिएको छ ।

एमाले धुलिखेल नगर सह–इन्चार्ज एसाबहादुर तामाङका नेताहरू लगायत माओवादी केन्द्रतर्फ लागेका छन् । तामाङले लोकतान्त्रिक–बाम गठबन्धनलाई सहयोग गर्ने गरी पुरानै पार्टीमा फर्केको तामाङले बताए ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रहेका एमाले खानिखोला गाउँपालिका उपसचिव वीरेन्द्र लामा (निमा) सहित ४० जना एमाले कार्यकर्ताले पनि पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र प्रवेश गर्नेहरूमा युवा संघ नेपाल बागमती प्रदेश कमिटी सदस्य विजय लामा, काभ्रे जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासङ्घ जिल्ला सदस्य दीपक गोले रहेका छन् ।

चुनावको मुखमा यसरी नेता कार्यकर्ताले पार्टी छाडेपछि काभ्रेमा एमाले थप समस्यामा परेको छ । गठबन्धनको सामु कमजोर रहेको एमालेलाई पार्टीकै नेताले साथ छाडेका छन् । यसबाट क्षेत्र नम्बर २ का उम्मेदवार गोकुल बाँस्कोटा समेत समस्यामा परेका छन् ।