पाँच वर्षमै ओलीले कसरी बनाउलान् 'राइजिङ स्टार’ मुलुक ? - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

पाँच वर्षमै ओलीले कसरी बनाउलान् ‘राइजिङ स्टार’ मुलुक ?



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक कार्यक्रममा ‘लाइभ डिबेट’ कार्यक्रममा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल सङ्कल्प लिएर अगाडि बढेको हुँदा पाँच वर्षभित्र मुलुकलाई समृद्ध मुलुक बनाउने बताए।

‘दिगो विकासको लक्ष्यअनुसार अल्पविकास राष्ट्रबाट सन् २०३० सम्म विकासशील राष्ट्र बन्नुपर्ने अवस्था छ’, अध्यक्ष ओलीले भने, ‘एक ढङ्गले विकासको बाटोमा अल्पविकसितबाट विकासशीलमा प्रवेश गरिसकेका छाैँ, केही काम गर्न बाँकी छन्, त्यो पाँच वर्षमा गर्ने एमालेको योजना छ।’

उनले कोभिड–१९ जस्ता महामारी नआएको भए धेरै काम आफूले नेतृत्व गरेको सरकारले गर्ने योजना भएको सुनाए।