एकपछि अर्को विवादमा तानिँदै टोपबहादुर - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

एकपछि अर्को विवादमा तानिँदै टोपबहादुर



काठमाडौं– अर्घाखाँचीबाट प्रतिनिधिसभामा एमालेबाट निर्वाचन लड्दै गरेका पूर्वमाओवादी नेता टोपबहादुर चुनाव नजिक आउंदै गर्दा एकपछि अर्को विवादमा मुछिन थालेका छन् । सोमबार मात्रै अर्घाखाँचीमा टोपबहादुरको नेतृत्वमा पाइप बाँड्दै गरेको अवस्थामा निर्वाचन कार्यालयले छापा हानेको छ ।

यसअघि पनि कैयौँ विवादका कारण विवादमा आएका रायमाझीको समुहले निर्वाचन आचारसंहिता उल्लघन गर्दै मतदातालाई प्रभाव पार्न वितरण गर्न लागिएको खानेपानीको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयले जफत गरेको हो।

अर्घाखाँची मुख्य निर्वाचन अधिकृतको कार्यलयका अधिकारीसहितको टोलीले सोमबार उक्त खानेपानीको पाइप जफत गरेको हो।

टोलीले छत्रदेव गाउँपालिका वडा नम्बर–६ मा पाइप समातेको बताइएको छ। पाइप बाँड्न लैजाँदै गरेको थाहा पाएपहि गाडीलाई पच्छ्याएर टोली त्यहाँ पुगेर जफत गरेको बताइएको छ।

टोली आएको थाहा पाएपछि उनीहरुले गाडीमै पाइप छोडेर भागेका थिए ।अर्घाखाँचीबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीको समुहले उक्त पाइप बाँढ्न लग्दै गरेको फेला परेको रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिएका छन्।