जनमुक्तिका उम्मेदवारले बालकृष्ण खाणलाई गरे समर्थन, तीन हजार मत थपियो - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

जनमुक्तिका उम्मेदवारले बालकृष्ण खाणलाई गरे समर्थन, तीन हजार मत थपियो



भैरहवा- प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले समर्थन गरेको छ ।

भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रूपमा कांग्रेस (गठबन्धन) का उम्मेदवारलाई सर्मथन गरेको घोषणा गरेका हुन् । रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार मत छ ।

गठबन्धनको तर्फबाट रुपन्देही–३ मा कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार हुन् ।

रुपन्देहीमा पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गरेर अघि बढ्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए ।