यस्तो रहेछ घनश्याम भुसालले एमाले छोड्नुको रहस्य
रुपन्देही: नेकपा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले संविधान जोगाउन एमाले छाडेको बताएका छन् ।
उनले चुनाव जित्नलाई मात्र नभई संविधान बचाउन गठबन्धन गर्नुपरेको दाबी गरे ।
रुपन्देही क्षेत्र नं-१, ख को निर्वाचन प्रचार प्रसार तथा परिचालन मूल समितिको कार्यालय उद्घाटन गर्दै भुसालले केपी ओलीले संविधान नै ध्वस्त पारेर मुलुकलाई फेरी द्वन्द्वतिर धकेल्ने प्रयास गरेकाले संविधान जोगाउन गठबन्धन बनेको बताए ।
केपी शर्मा ओलीले पार्टीलाई नै कब्जा गरेर संविधान माथि प्रहार गरेको बताउँदै उनले ओलीको दम्भकै कारण आफुले पार्टी त्याग्नु परेको बताए ।