एमालेले १५० सिट कसरि जित्छ ? यस्तो छ केपी ओलीको हिसाब - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

एमालेले १५० सिट कसरि जित्छ ? यस्तो छ केपी ओलीको हिसाब



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ एक सय सिट जित्ने दाबी गरेका छन्।

उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एमालेले एकल बहुमत पुर्‍याने दाबी गरेका छन्।

शुक्रबार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले शनिबार दमकमा आयोजित चुनावीसभालाई सम्बोधन यसो भनेका हुन्।

‘प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ’, उनले भने।

पूर्वप्रधानमन्त्री ओली शनिबार दिनभर झापा क्षेत्र नं. ५ का विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशन दिए।

‘अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ। तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो’, उनले भने,’अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनासाथ अघि बढेका छौँ र जित्छौँ पनि।’

झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ। झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। झापा–५ मा ओली उम्मेदवारका रूपमा खडा भएका छन्। उनले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रह गरे।