लौरो अभियानले भन्यो- पुराना दलहरूले घोषणा पत्र होइन, माफीपत्र निकाल्नुपर्छ
काठमाडौं- स्थानीय निर्वाचनपछि चर्चामा आएको लौरो अभियानले पुराना दलहरूले पटकपटक घोषणा पत्रको नाममा जनतालाई ढोका दिएकाले माफी माग्नुपर्ने बताएको छ । घोषणा पत्रको नाममा जहिले पनि जनतालाई बेवकुफ बनाउने यस्ता दलहरूले माफी पत्र लेख्नुपर्ने अभियानको धारणा छ ।
लौरो अभियानको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको स्टाटसमा सबैजसो पुराना दलले घोषणा पत्रमा जनतालाई झुक्याएर सत्तामा पुग्ने र राष्ट्रको ढुकुटी खोक्रो बनाउने काम गरेकाले अझै पनि घोषणा पत्र, प्रतिवद्दता पत्र, शंकल्प पत्रको नाममा जनता झुक्याउने काम गरेको भन्दै यस्ता दलले माफी पत्र लेखेर जनतासामु प्रायास्चित गर्नुपर्ने बताएको छ ।
त्यतिमात्र होइन अभियानले अब उप्रान्त तिनै भ्रष्ट र नालायक पात्रकै अनुहार देखाएर जनतासँग पुन: मत माग्न आउदैनौ भनेर यी दलहरूले कसम खानुपर्ने बताएको चाह । “कोही नपाए जसरी अब उप्रान्त तिनै भ्रस्ट र नालायक पात्रकै अनुहार देखाएर जनतासग पुन: मत माग्न आउदैनौ भनेर कसम खाउन ।” स्टाटसमा लेखिएको छ ।
यस्तो छ स्टाटस
पुराना दलले घोषणा पत्र होइन, माफीपत्र निकालेर जनतासग माफी माग्नुपर्छ ।
कांग्रेस, एमाले, माओबादी, मधेसबादी सबै दल, समाजवादी र पुराना राप्रपाका सबै वरिष्ठ जसले पटकपटक सत्ता र शक्तिमा मोज गरेर ढिकुटी खोक्रो बनाए, सम्पुर्ण जनतालाई आजित पारे, ति दलले घोषणा पत्र र प्रतिवद्दता पत्र होइन यसपाली जनतासामु माफी पत्र लेखी प्रयास्चित गरून् । कोही नपाए जसरी अब उप्रान्त तिनै भ्रस्ट र नालायक पात्रकै अनुहार देखाएर जनतासग पुन: मत माग्न आउदैनौ भनेर कसम खाउन ।
हामी जनतालाई बक्लोल र गुलाम जसरि ब्यावहार नगर्न सबै भ्रस्ट र गफाडि नेताहरुलाइ बिनम्र अनुरोध गर्दछौ ।