पाँच सयभन्दा बढी एमाले कार्यकर्ताले गरे सामूहिक पार्टी परित्याग - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

पाँच सयभन्दा बढी एमाले कार्यकर्ताले गरे सामूहिक पार्टी परित्याग



पर्सामा पाँच सयभन्दा बढी एमाले कार्यकर्ताले राजीनामा दिएका छन्। शनिबार एक विज्ञप्तिमार्फत उनीहरुले एमाले छाडेको जनाएका छन्।

राजीनामा दिनेहरुमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य कदम रसुल, प्रदेश सदस्यहरु बाबुराम कौशिक, इस्लाम मिया हवारी र जोगिन्दर साह तथा संविधान सभा सदस्य फूलझरी देवीलगायत छन्।

जसपासँगको गठबन्धनले एमाले दुषित भएको भन्दै उनीहरुले पार्टी छाडेका हुन्।

उनीहरुले आगामी चुनावमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन्।

उनीहरु हालै एमाले परित्याग गरी रौतहटबाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहनिकट मानिन्छन्।