भीम रावल भन्छन् : ओलीका योजना एमालेको विधान विपरीत छन्
नेकपा एमालेका नेता भीम रावलले एमालेको विधान प्रतिवेदनमा राजतन्त्र फर्काउने र धर्मलाई हतियार बनाउन बन्देज लगाएको भन्दै अध्यक्ष ओलीले गरेको गठबनधनको विरोध गरेका छन् ।
रावलले समाजवादको आधार तयार पार्ने विषय एमालेको विधान प्रतिवेदनमा भएकाले राजतन्त्र फर्काउने र धर्मलाई हतियार बनाउने एजेण्डा बोकेकाहरूसँग गरेको साँठगाँठले एमाले विपरीत दिशामा लागेको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै रावलले समाजवादको आधार तयार गर्ने योजना विपरीत कमल, एकनाथ, राजेन्द्र र हृदयशसंगको साठगाँठले उल्टो दिशामा लागेको बताएका छन् ।
‘यस्तो कामले के समाजवादको आधार तयार गर्न सहयोग पुग्छ त?’ उनले प्रश्न गरेका छन् ।
रावलले भनेका छन्, ‘एमालेको विधान महाधिवेशनको प्रतिवेदनमा राजतन्त्र फर्काउने र धर्मलाई हतियार बनाउने कुराको विरोध (पृ.११०) एवं समाजवादको आधार तयार गर्ने (पृ.११३) उल्लेख छ। यसको विपरीत कमल, एकनाथ, राजेन्द्र र हृदयशसंग साठगाँठ गरिएको छ। यस्तो कामले के समाजवादको आधार तयार गर्न सहयोग पुग्छ त?’