माधव नेपाललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार झा गरे नेकपा एसमा प्रवेश - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

माधव नेपाललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार झा गरे नेकपा एसमा प्रवेश



रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार रेवन्त झाले नेकपा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्।

सदरमुकाम गौरमा एक समारोहबीच उम्मेदवार झाले आफ्नो उम्मेदवारी नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समर्थनमा फिर्ता लिएको घोषणा गरेका छन्।

स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधि सभाको लागि आफ्नो प्रचार प्रसारमा व्यस्त रहेका उम्मेदवार झा गौर नगरपालिकाका प्रमुख शम्भु साह र प्रवीण पाण्डेको विशेष पहलमा आफ्नो पुरानो घर फर्केको बताइएको छ।

अध्यक्ष नेपालका विगतमा निकटतम सहयोगीको रुपमा रहेर क्षेत्र नम्बर १ को विकास निर्माणको नेतृत्व नै गरेका झा मधेस आन्दोलनसँगै मधेसवादी दलमा लागेका थिए।

मधेसवादी दलका नेताहरुले सिद्धान्तलाई परित्याग गरी कुर्सीको लागि राजनीति गर्न थालेपछि आफू स्वतन्त्र भएको र देशको नेतालाई सहयोग गर्नुपर्ने आवश्यकता महसुस भएपछि आफ्नो पुरानो घर फर्केको नेता झाले बताएका छन्।

नेता झा माधव नेपाललाई समर्थन जनाउँदै आजैदेखि सँगसँगै चुनावी प्रचारमा पनि होमिएका छन्। नेता नेपालले झालाई माला लगाएर स्वागत गरेका थिए। सँगसँगै बसेर सञ्चारकर्मीसँग नेता नेपाल र झाले सम्वाद पनि गरेका छन्।

नेता नेपालले विगतमा माधव नेपाल भनेकै रेवन्त झाको पर्याय क्षेत्र नम्बर १ को विकास निर्माणको सन्दर्भमा बनिइसकेको अवस्थामा केही समय अलग रहेर फेरि एक साथ आउँदा यसको प्रभाव क्षेत्र नम्बर १ मा निकै राम्रो पर्ने बताएका छन्।

नेता नेपालले छरिएर बसेका अन्य नेता तथा कार्यकर्तालाई पनि सँगसँगै हातेमालो गर्न आह्वान गरेका छन्।