सर्लाहीको पोखरीमा बालिकाको शव भेटियो - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

सर्लाहीको पोखरीमा बालिकाको शव भेटियो



सर्लाहीको एक पोखरीमा बालिकाको शव भेटिएको छ । कबिलासीको पोखरीमा ८ वर्षीया बालिकाको शव भेटिएको हो।

सोमबार दिउँसो कबिलासी नगरपालिका-४, जमुनियाँ निवासी सुनिल पासवानकी ८ वर्षीया छोरी सीताकुमारी पासवानको शव घरनजिकैको पोखरीमा डुबेको अवस्थामा फेला परेको हो।

नुहाउने क्रममा बालिका पोखरीमा डुबेको आफन्तले बताएका छन्। पोखरीमा डुबेर बालिका अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बालिकालाई पोखरीबाट निकाले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाँ पुर्‍याउदाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पोस्टमार्टमपछि बालिकाको शव आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।