चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुन: सी जिनपिङ चयन - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुन: सी जिनपिङ चयन



चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले सी जिनपिङलाई पुनस् महासचिवमा चयन गरेको छ। शनिबार सम्पन्न सीपीसीको २० औं महाधिवेशनले उनलाई महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेकाे हाे।

राजधानी बेइजिङमा १६ अक्टोबरदेखि सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ। सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो।

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। महाधिवेशनबाट उच्च तहका चारजना नेताहरु ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ।