गोलाप्रथा गर्दै ओलीले सुरू गरे नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नागरिकसँग लाइभ टेलिफोन संवाद गरिरहेका छन्। ओलीसँग संवादका लागि बिहीबार मध्यान्ह १२ बजेसम्म १ लाख ७१ हजार ७३८ जनाले इच्छा देखाउँदै नाम टिपाएका थिए।
उनले नाम टिपाएकामध्ये केहीसँग पार्टी केन्द्रीय कार्यालया च्यासलबाट गोलाप्रथा गर्दै टेलिफोन संवाद गर्दैछन्। ‘मसँग कुरा गर्न आज दिउँसो १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद!’, उनले भनेका छन्, ‘धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको छ। हाम्रो कुराकानी हुनेछ। हामी तयार छौं नि? ’
मंगलबार अध्यक्ष ओलीले कात्तिक ४ गते शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गरेका थिए।
अध्यक्ष ओलीले अनुरोध गरेसँगै बुधबार एकैदिन १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका थिए । बिहीबार अपराह्न १२ बजे सम्म १ लाख ७१ हजार ७३८ जनाले नाम टिपाएको ओलीको सचिवालयले जनाएको छ।
मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै ओलीले नागरिकसँग प्रत्यक्ष संवाद थालेका हुन्।