झापा-५ मा केपी ओलीलाई झट्का
नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर–५ का उम्मेदवार केपी ओलीलाई झट्का लागेको छ । ओलीविरुद्ध चुनाव उठेका स्वतन्त्र उम्मेदवार युग पाठकलाई ‘स्वतन्त्र मन’ अभियानले समर्थन गर्ने भएपछि ओलीलाई झट्का लागेको हो।
अभियानले झापा–५ मा पाठक, झापा–२ मा स्वागत नेपाल र झापा–४ मा युक्तप्रसाद भेटवाललाई सहयोग गर्ने निर्णय गरेको विज्ञप्ति निकालेको छ। झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो।
अभियानले एक विज्ञप्ति जारी निकालेर झापा–५ बाट नयाँ सन्देश दिँदै देशैभरी आशा र भरोसाको नयाँ परिस्थिति सिर्जना गर्न पाठकलाई सहयोग गरिएको जनाएको छ।
‘आम जनताबीच फैलिएको निराशा, राजनीतिप्रतिको वितृष्णलाई सकारात्मक उर्जा र आशाको अभियानमा परिणत गर्न सक्रिय ‘स्वतन्त्र मनुले झापा क्षेत्र नं ५ बाट एउटा नयाँ सन्देश दिँदै देशैभरी आशा र भरोसाको नयाँ परिस्थिति सिर्जना गर्न हामी युग पाठकसँगै सक्रिय रहने विश्वास पनि दिलाउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ।