विष्णु रिजालको टिप्पणी- माओवादीको ओरालो यात्रा तिब्र गतिमा छ - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

विष्णु रिजालको टिप्पणी- माओवादीको ओरालो यात्रा तिब्र गतिमा छ



काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी केन्द्र तीव्र गतिमा ओरालो लागिरहेको टिप्पणी गरेका छन्।

माओवादी २०६४ यताको निर्वाचनमा निरन्तर ओरालो लागिरहेको उल्लेख गर्दै उनले यसपटक पनि त्यसले थप तीव्रता पाउने बताए।

नेता रिजालले एमालेभन्दा ठूलो कम्युनिस्ट पार्टी हुन्छौँ भनेर दाबी गर्ने माओवादी ४२ सिटमा खुम्चिएको पनि बताए।

‘एमालेभन्दा ठूलो कम्युनिस्ट पार्टी हुन्छौं भनेर दाबी गर्ने माओवादी १६५ सिटमध्ये जम्मा ४२ स्थानमा चुनाव लडेको छ’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माओवादी २०६४ यता प्रत्येक निर्वाचनमा निरन्तर ओरालो लागिरहेको छ, हरेक पटक उल्लेख्य मात्रामा मत घटिरहेको छ। माओवादीको ओरालो यात्रा तीव्र गतिमा अघि बढिरहेको छ र यसपटक त्यसले थप तीव्रता पाउनेछ।’

रिजालले यसबीचमा ठूलो संख्यामा नेता,कार्यकर्ताले माओवादी पार्टी छाडेको पनि बताएका छन्।