काठमाडौंमा अब वडा कार्यालयमा व्यवसाय दर्ता नगरे कडा कारबाही - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

काठमाडौंमा अब वडा कार्यालयमा व्यवसाय दर्ता नगरे कडा कारबाही



काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ ।

महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो ।

महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख छ ।

महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता गर्न भनेको छ । महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।