नेयमारलाई २ वर्ष जेल र १० मिलियन डलर जरिवाना हुनसक्छ, यस्तो छ बयान - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

नेयमारलाई २ वर्ष जेल र १० मिलियन डलर जरिवाना हुनसक्छ, यस्तो छ बयान



स्पेन। ब्राजिलको फुटबल टोलीका स्टार खेलाडी नेयमार भ्रष्टाचारको मुद्दामा बयान दिन अदालत पुगेका छन् । मङ्गलबार स्पेनको एक अदालतमा पुगेर बयान दिएका नेयमारले आफ्ना बुबाले दिएको कागजातमा मात्र आफूले हस्ताक्षर गरेको र गल्ती नगरेको दाबी गरेका छन् ।

करिब एक दशकअघि ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा उनको स्थानान्तरणमा भएको अनियमितताको आरोप लागेपछि उनी मुद्दामा छन्।उनका बुबा मुद्दामा आफ्नो छोराले कुनै गल्ती नगरेको बताएका छन्।

“नेयमारले कहिल्यै पनि ट्रान्सफरका वार्तामा भाग लिदैनन्,” उनका बुबा नेयमार दा सिल्भा सान्तोसले अदालतलाई भने। मुद्दामा दोषी ठहर भएमा नेयमारलाई २ वर्षको जेल सजाय र ९ दशमलव ७ मिलियन डलर जरिवाना हुनेछ । नेयमार अहिले फ्रान्सेली क्लब पीएसजीमा छन् ।